काबुल विमानस्थलमा आत्मघाती विस्फोट, बालबालिकासहित १३ को मृत्यु, १५ घाइते


काबुल — अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका पनि परेका छन् ।

काबुल विमानस्थल प्रवेश गर्ने गेटमा आत्मघाती बम विस्फोट भएको हो । विस्फोटको समयमा त्यस ठाउँमा ठूलो संख्यामा अफगानी शरणार्थीहरु जम्मा भएका थिए । २ पटकसम्म विस्फोट भएको विमानस्थलमा उपस्थित सर्वसाधारणहरूले जनाएका छन् ।

उनीहरु अमेरिकाले ल्याएको विमानमार्फत अफगानिस्तान छाड्न चाहेकाहरु थिए ।

समाचार संस्था एपीका अनुसार विस्फोटका कारण १५ जना घाइते भएका छन् ।

 

प्रतिक्रिया