कानुन आयोगको अध्यक्षमा सुवेदी नियुक्त
काठमाडौं – सरकारले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वरसिंह सुवेदीलाई नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।