पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
चितवन – दुई दिनदेखि परेको अविरल वर्षापछि सेती दोभानमा पहिरो खस्दा मुग्लिन—नारायणघाट सडकखण्ड अवरुद्ध भएको छ ।
लगातारको पानीले गएराति पहिरो खस्दा राति ८ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अहिले पनि पहिरो खस्न नरोकिएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । निक्कै ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने छ ।
सडक दुवैतर्फबाट अवरुद्ध भएपछि यात्रु बीचबाटोमै रोकिएका छन्। अहिले यो सडक खण्डमा गाडीको लामो लाइन छ ।
पहिरो खुलाउनका लागि दुवैतिरबाट प्रयास जारी गरिए पनि तत्काल खुल्ने सम्भावना भने कम देखिएको जनाइएको छ ।