

गठबन्धनको सरकारमा सहभागी हुने नेपालको घोषणा

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने घोष्णा गरेका छन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले सरकारमा सहभागी हुने औपचारिक घोषणा गरेका हुन्। सोही क्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताए।
‘हामी कम्युनिस्ट पार्टी छोड्दैनौ, कम्युनिस्टले मात्रै जनताको समस्या सम्बोधन गर्छ,’ नेता नेपालले भने, ‘नेपाल कृषि प्रधान देश भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बसाउन मद्दत गर्छ।’
भौतिक पूर्वाधारको विकास गर्दा हावादारी योजना अघि नसार्ने भन्दै केपी शर्मा ओलीले जस्तो पानीजहाज र रेलका सपना नबाँड्ने तर गर्नसक्ने कामहरु मात्रै गर्ने नेपालले बताए।

