प्रदेश १ मा एमाले संसदीय दलको बैठक बस्दै, भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी


विराटनगर – नेकपा (एमाले) प्रदेश १ संसदीय दलले बिहीबार(आज) बैठक बोलाएको छ ।

नेकपा एमाले विभाजन गरेर नेता माधवकुमार नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ता गएपछि केपीशर्मा ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा परेका छन् ।

आज बोलाइएको नेकपा एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले राजीनामा दिने तयारी रहेको बुझिएको छ ।

सोही बैठकले अर्का एमाले नेता भीम आचार्यलाई संसदीय दलको नेता चयन गर्ने जनाइएको छ ।

संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेपछि मुख्यमन्त्री शेरधन राईले मुख्य मन्त्रीको पदबाट पनि राजीनामा दिने र आजै आचार्यले मुख्यमन्त्रीको शपथ लिने तयारी पनि भइरहेको छ ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् । जुन प्रदेशसभाको स्पष्ट बहुमत हो ।

एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया