विभिन्न वन्यजन्तुको आखेटोपहार सहित पक्राउ


काठमाडौं – चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट विभिन्न वन्यजन्तुको आखेटोपहार सहित गोरखा पालुङटार नगरपालिका-५ घर भएका ६५ वर्षीय सोनाम तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाईन्टमा प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई २ थान हुचिलको खुट्टा जस्तो देखिने बस्तु, २ थान हुचिलको पञ्जा जस्तो देखिने बस्तु, २ थान हाल एकिन हुन नसकेको हड्डी, ४ सय ग्राम एकिन हुन नसकेको जनावरको सुकुटी, ३ थान शंख जस्तो देखिने वस्तु, १ थान सेतो टल्कने ढुङ्गा र नगद ४० हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

शंख र ढुंङ्गा आवश्यक अनुसन्धानको लागि पुरातत्व विभाग रामसाहपथ तथा तामाङलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया