‘ट्रान्सपरेन्सी इन्टरनेसनलको भनिएको रिपोर्टको नालिबेली’


प्रचण्ड मिसनद्वारा परिचालित केही हतियार/मतियारका रुपमा सकृय संचार माध्यमहरु “ट्रान्सपरेन्सी इन्टरनेसनल”को हावाला दिदै सरकार र विशेषगरी प्रधानमन्त्री बिरुद्द नाङो रुपमा प्रस्तुत भएका छन् । यो रिपोर्ट कसरी तयार पारियो ? यस्का समग्र आयामहरु, विरोधाभाष बुंदाहरु (तथ्य हैन) र मिसन मिडियाले जबर्जस्त उछालेका विषयहरुका बारेमा केही प्रसंगहरु प्रस्तुत गर्दछु ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले तैयार पारेको यो रिपोर्ट आँफैमा तथ्यमा आधारित (Fact Based) नभै दृष्टिकोण र जन सर्भेक्षण (Perception Based) मा आधारित हो । हैन भन्ने लाग्छ भने आउनुहोस् बहस गरौ ।

यस रिपोर्टका लागि गरिएको सर्भेक्षण गत मार्चदेखी सेप्टेम्बरसम्म रयाण्डम स्याम्प्लिङ विधी अन्तर्गत गरिएको छ । तर त्यो सेलेक्सन कसरी भयो भन्ने प्रश्न विचारणीय छ । १००० जना नेपाली नागरिकबीच लिईएको भनिएको यो सर्भेक्षणमा एक जनालाई पनि प्रत्यक्ष भेटिएको हैन र सबै टेलिफोन मार्फत भएको जनाईएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा गत जनवरीमा प्रकाशित रिपोर्टमा नेपालको करप्सन स्टाटसमा (Perception Based Index) सुधार आइ १२६ बाट ११४ मा उक्लेको ताजा रिपोर्ट छ तर त्यस्को ३ महिना मात्र पछाडि लिइएको फोन सर्भेक्षणले कसरी वार्षिक अवस्थाको चित्रण गर्यो ? र त्यो ३ महिनामा देशमा के अवस्था आएको थियो त्यसरी जुन आजका केही मिडियाले भ्रम फैलाए ?

एकपटक रिपोर्टको पेज नं १९ र पेज नं. ८ मा रहेको तथ्यांकलाई ध्यान दिएर हेरौ । पेज १९ मा नेपालमा रहेका एन्टी करप्सन एजेन्सीहरुको (अख्तियार, सतर्कता केन्द्र आदी) भूमिकाका सन्दर्भमा ८४% सहभागि (१००० मध्यका )ले उनिहरुको भूमिका राम्रो रहेको बताए, नेपालको तेस्रो पोजेटिभ स्थानमा छ, यही प्रश्नमा जापान जत्तिको विकसित देशमा ४८% मात्र सन्तुष्ट देखिएका छन, नेपालमा ८४% ।

अब पेज नम्बर ८ मा हेरौ गत १२ महिनादेखी भ्रष्टाचारको अवस्था कस्तो छ भन्ने प्रश्नमा ५८% नेपाली (१००० मध्य )ले बढेको छ भनेका छन । जुन प्रतिशत एसियामा उच्च हो भन्ने आधारमा ओली सरकार भ्रस्ट भो भन्ने हिसाबले मिसन मिडियाले नियोजित रुपमा उछाल्यो । १९ नं. पेज उस्को मिसन बिपरित थियो अनि त्यस्का बारेमा चुप्चाप बस्यो ।

अर्को कुरा जनवरीमा १२६ बाट सुधार भएर ११६ नम्बरमा उक्लेको नेपालको करप्सन ईन्डेक्स यही संस्थाले प्रकाशित गरेको हो अनि मार्चको प्रश्नमा बिगत १२ महिना देखीको अवस्था भनेर फेरी अर्को रिपोर्ट ?? यो आँफैमा विरोधाभास हैन ??

अब पेज नं ४८ मा रहेको एउटा प्रश्न

भ्रष्टाचार बिरुद्दको सरकारी कदम ठीक कि बेठिक भन्ने प्रश्नमा ६२ प्रतिशत नेपालीले ठीक भनेका छन । यस्को त चर्चा नै छैन त !! ८२ प्रतिशत, ६२ प्रतिशतले भनेका कुरा ओझेलमा पार्दै ५८% ले भनेको भनिएको जवाफको आधारमा रिपोर्टको आशयमानै आशंका पैदा हुने गरि केही मिसन मिडियाले जुन प्रोपोगाण्डा फैलाउने दुश्प्रयास गरे यिनीहरु ढिलो चांडो नांगिने नै छन ।

तथापी यस प्रतिवेदन र मिसन मिडियाका कार्तुत केलाउदा सारमा :

माथिका विरोधाभाषपूर्ण बुंदाहरुको कारण ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको सर्भेको प्रभावकारीता र चुस्ततामा प्रश्न उठेको छ । पर्सेप्सन बेसड ईन्डेक्स भनेको कुनै ब्यक्तीको मुड, आग्रह, लिगेसीका आधारमा प्रकट हुने हुंदा यस्ता सर्भेहरु तथ्यमा आधारित (Fact BASED) हुनु जरुरी छ । त्यसैले ट्रान्सपरेन्सी इन्टरनेसनल अब त्यस्मा केन्द्रित होस् ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले आफनो जागिर पुरा गर्ने नाममा हल्का र विवादित बुंदाहरु समावेश गरेको पाइएको छ जागिर भन्दा माथि उठ्नु पर्यो । विभिन्न मिसनको मतियार बनिरहदा, दानापानीको धर्म निभाउदा आफ्ना कार्तुतले मुलुकको ईमेज र ईम्प्रेशनलाई धज्जी उडाउन पछी नपर्नेहरुको सद्बुद्दी आओस।

एकसे एक युवाहरु छन देशमा, अब मिडियामै त्यसमाथि मिसन मिडियामै प्रकाशित खराब मसलाकै आधारमा धारणा बनाउने दिन गैसके फजुल कष्ट नगर्दा हुन्छ ।

(लेखकः पूर्वयुवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष हुन् ।)

प्रतिक्रिया