झापामा ८ महिनाको छोरीसहित दम्पतीले गरे झुण्डिएर आत्महत्या


काठमाडौं – झापामा आफ्नो ८ महिनाको छोरीसहित एक दम्पतीले झुण्डिएर आत्महत्या गरेका छन्। उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्।

कनकाई नगरपालिका–१ का ४० वर्षीय रविन विश्वकर्मा उनकी श्रीमती २९ वर्षीय मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविनाले आज आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

झापाको कनकाई–१ का स्थानीय दम्पतीले आफ्नो ८ महिनाको छोरीसहित सोमबार बिहान आफ्नै घरको कोठाभित्र झुण्डिएर आत्महत्या गरेको कन्काइ नगरपालिका प्रमुख मञ्जु प्रसाईले जानकारी दिइन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले आत्महत्या गर्नुको कारण धेरै नै ऋण रहेको पनि पाइएको छ। केही समयअघि श्रीमानलाई कोरोना समेत भएको प्रहरीले जनाएको छ।

मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केहिदिन पहिले काठमाडौं आएर कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि फर्किएर झापा नै फर्किएका थिए। घरमा ऋण लागेको अवस्थामा उनी विदेश समेत जान पाएका थिएनन्।

झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराई आफै घटनास्थल पुगेका छन्।

थप विवरण आउन बाँकी।

प्रतिक्रिया