

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं – माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (आइतबार) पनि बस्दै छ।
बैठक आज बिहान ११ बजे कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
माओवादी स्थायी कमिटीको बैठक शनिबार पनि बसेको थियो ।
शनिबारको बैठकमा नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायत साङ्गठनिक कामलाई टुङ्गो लगाउने गरी छलफल सुरु गरिएको थियो ।
आज (आइतबार) बस्ने बैठकमा टुङ्गो लगाउने गरी नेताहरूको कार्य विभाजन, आउँदो पुस ११–१३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

