

महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैङ्कको सहयोग

काठमाडौँ – विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैङ्क लिमिटेडले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
नियन्त्रण कोषका लागि बैङ्कका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य सङ्घका अध्यक्ष गोकुल श्रेष्ठ तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईँलाई संयुक्त रूपमा सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेनटिन व्यवस्थापन, औषधी उपचार, विपन्नलाई खाद्यान्नको व्यवस्थालगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश १ मा दमक उद्योग वाणिज्य सङ्घले गर्दै आएको बैङ्कले जनाएको छ ।
बैङ्कले लकडाउनको अप्ठ्यारो परिस्थितिमा पनि बैङ्कले आफ्ना ग्राहकहरूलाई देशव्यापी सक्रिय एटिएम सेवालगायत नगद काउन्टर, रेमिट्यान्सलगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।

