


अमेरिकी उपराष्ट्रपति ह्यारिस सिंगापुर र भियतनाम भ्रमणमा

न्यूयोर्क – अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सिंगापुर र भियतनाम भ्रमणमा आउने भएकी छिन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिँदै उपराष्ट्रपति ह्यारिसले इन्डो प्यासिफिक क्षेत्रको भ्रमण गर्न लागेको बताएकी हुन् ।
उपराष्ट्रपति ह्यारिसले इन्डो–प्यासिफिकको केन्द्रका रुपमा मानिएको दक्षिणपूर्वी एसियाका भ्रमणले अमेरिकी जनताको स्वास्थ्य, राष्ट्रिय सुरक्षा तथा आर्थिक उन्नतीलाई महत्वपूर्ण भूमिका खेल्ने पनि बताइन् ।
उपराष्ट्रपतिमा विजयी भएपछि ह्यारिस पहिलोपटक यस क्षेत्रको भ्रमणमा निस्कन लागेकी हुन् ।
On our way to Southeast Asia to visit Singapore and Vietnam. pic.twitter.com/DrLwSDMuhZ
— Vice President Kamala Harris (@VP) August 21, 2021

