निर्वाचन आयोगले सनाखतको लागि माधव र महन्थको पार्टीलाई बोलायो


काठमाडौं – निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि भदौ ९ गते सनाखत गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको नेतत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि केन्द्रीय सदस्य र सांसद्हरुको सनाखत गर्न लागेको हो ।

प्रस्तावित दलका नेता र सांसदहरुलाई हस्ताक्षर गर्न भदौ ९ गते ११ बजेदेखि २ बजेसम्मको समय छुट्टयाएको आयोग स्रोतले जनाएको छ । यसअघि नेपाल र ठाकुरले प्रस्ताव गरेको पार्टीको नाममा फुर्को जोड्न नमिल्ने भएपछि दुवैले शुक्रबार नाम संशोधन गरेका थिए ।

प्रतिक्रिया