


महालेखा परीक्षकको वार्षिक प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं – महालेखा परीक्षकको वार्षिक प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ।
शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रमबिच महालेखापरीक्षक टंकमणि शर्मा दंगालले कार्यालयले तयार गरेको ५८औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेका हुन्।
आर्थिक वर्ष २०७६/७७सम्म बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ । तर, सरकारले कारवाही गरेर टुंगो लगाउनुपर्ने कुल रकम भने ६ खर्ब ७६ अर्ब ४१ करोड रूपैयाँ पुगेको छ । कार्यालयको ५८औँ वार्षिक प्रतिवेदन अनुसार बेरुजु रकम ५३ करोड रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०७५/७६सम्म बेरुजु रकम ४ अर्ब १८ अर्ब ३२ करोड रुपैयाँ थियो ।
शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा आर्थिक वर्ष २०७७ / ७८को वार्षिक परीक्षण गरिएको छ।
प्रतिवेदनमा यस वर्ष सङ्घीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेतको ५३ खर्ब २७ अर्ब ९१ करोड रूपैयाँको लेखा परीक्षण भएको छ ।
पूर्णपाठः

