एमालेलाई कमजोर बनाउन देउवा सरकार व्यस्त : महेश बस्नेत


काठमाडौं – नेकपा (एमाले) का नेता महेश बस्नेतले गठबन्धन सरकारले आफ्नो पार्टीलाई सिध्याउन लागिपरेको आरोप लगाएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टीलाई सिध्याउन लागिपरेको आरोप लगाएका हुन् ।

एमाले सिध्याउने देउवा, दाहाल र सापकोटा तीनै जनालाई आगामी दिनमा महँगो पर्ने उनले चेतावनी समेत दिएका छन् । उनले भने,‘एमालेलाई कमजोर बनाउने काममा यो सरकार व्यस्त छ । अध्यादेश जुन आएको छ, यसले त्यही पुष्टि गरेको छ । एमालेले कारबाही गरेका १४ जना सांसदलाई अहिलेसम्म पदमुक्त गरेको सूचना सभामुखबाट प्रकाशन गरिएको छैन । अध्यादेश ल्याउनुको मुख्य उद्देश्य एमाले विभाजन गर्नेमात्रै देखियो ।’

प्रतिक्रिया