

एकको पदस्थापनसहित दुई सचिवको सरुवा

काठमाडौं – बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एकको पदस्थापनसहित दुई सचिवको सरुवा गरेको छ ।
उक्त बैठकले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवासहित लुम्बिनी प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरेको छ भने लुम्बिनीका प्रमुख सचिव भरतमणि सुवेदीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा राखेको छ ।
यी दुवै सचिवका लागि पत्र तयार भइसकेको छ भने थप केही सचिवको पनि सरुवा हुन सक्ने बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।

