श्रीमानसँगको झगडामा श्रीमतीले घर छाडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली


तनहुँ — तनहुँको बन्दीपुर गाउँपालिका–४ चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको छ ।

स्थानीय सङ्गीता तामाङ गन्धर्वले यही भदौ १ गतेदेखि घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको हो ।

केही दिन अगाडि श्रीमान्–श्रीमतीको झगडा परेपछि उनले घर छाडेर हिँडेको बताइएको छ । उनी हराएको बारेमा परिवारले बिहीबार गाउँपालिकालाई जानकारी गराएको छ ।

गाउँपालिकाले प्रहरीलाई खबर गरेर उहाँको खोजीका लागि अनुरोध गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । “ती महिला हराएका बारेमा गाउँपालिकामा जानकारी आएपछि प्रहरीको सहयोगमा खोजी गरिरहेका छौँ”, उनल भनिन् ।

ती महिलाले मोबाइल फोन घरमै छाडेकी छिन् । “ती महिलाको आमासँग कुरा गरेका छौँ, माइती पनि नगएको जानकारीमा आयो”, गुरुङले भनिन् ।

प्रतिक्रिया