बलात्कारको आरोपमा धर्मगुरु मौलाना पक्राउ, बलात्कारपछि धम्की दिएको पीडित पक्षको दाबी


सिरहा – उपचार गर्ने नाममा युवतीको बलात्कार गर्ने एक मुस्लिम धार्मिक गुरु पक्राउ परेका छन् । सिरहाको लहानबाट मिर्चैया नगरपालिका १० महेशपुर गाउँका ३५ वर्षीय धार्मिक धर्म गुरु मोहम्मद अली हसनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हसनले एक युवतीलाई झारफुक गरी उपचार गर्ने बहानामा एकान्तमा पारेर बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले लहान नगरपालिका ७ की एक २३ वर्षीया मुस्लिम युवती मंगलबार समान्य विरामी परेपछि आफूकहाँ झारफुक गर्न आएको मौका पारेर दिउँसो ३ बजेतिर नै बलात्कार गरेको जनाइएको छ ।

पीडितका आफन्तका अनुसार त्यहाँ उनलाई झारफुकको नाममा बलात्कार गरेपछि युवतीलाई घटनाको बारेमा कसैलाई केही भनेमा मारिदिने धम्की दिएको पनि जनाइएको छ ।

उनीमाथि जर्वजस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालय मार्फत अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरत थापा क्षेत्रीले जानकारी दिए।

प्रतिक्रिया