पुल्चोकबाट अपार्टमेन्ट भाडामा लिएर कोठी सञ्चालन गर्ने ७ युवायुवती पक्राउ


काठमाडौं – प्रहरीले ललितपुरको पुल्चोकस्थित कान्तिपुर हाइट नजिकै रहेको एक अपार्टमेन्टमा अनैतिक क्रियाकलापमा संलग्न ७ जनालाई पक्राउ गरेको छ।

मंगलबार बेलुका महानगरीय प्रहरी परीसर ललितपुरको टोलीले ७ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४ महिला र ३ पुरुष रहेका छन्।

पक्राउ पर्ने पुरुषमा झापा जिल्ला दमक नगरपालिकाका राजेश अग्रवाल, बर्दियाका सुनिल विष्ट र काभ्रेका प्रतिक कर्माचार्य रहेको महानगरीय प्रहरी परीसर ललितपुरले जनाएको छ। पक्राउ पर्ने पुरुषहरु व्यापारी समेत हुन्।

मंगलबार अपार्टमेन्ट नै भाडामा लिएर कोठी चलाएको आरोपमा प्रहरीले छापा हानेको हो। ‘परिसरकै टोलीले गोप्य रुपमा पक्राउ गरेको हो,’ ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले भनिन्।

यस्तै प्रहरीले पक्राउ परेकी महिलाहरुको नाम चाहिँ गोप्य राखेको छ। पक्राउ पर्ने महिलाहरु अनैतिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरेको प्रहरीले बताएको छ।

प्रतिक्रिया