प्रवीण गुरुङद्धारा एनआरएनए सचिवमा उम्मेवादारी घोषणा!


काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी अक्टोवर तेस्रो साता हुने १० औं महाधिवेशनमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व संयोजक प्रवीण गुरुङले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

उनले गैरआवासीय नेपाली संघमा संस्थागत स्थायित्व र विकास आफ्नो उम्मेदवारीको एजेन्डा हुने बताएका छन्। संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र अग्रजहरुको आग्रहमा उम्मेदवारी दिने निचोडमा आफू पुगेको उनले बताए।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व संयोजक गुरुङले भूकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायत विभिन्न दैविक प्रकोपको बेला स्वयम उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी–स्थायी बासस्थान, खाद्यन्नलगायत विभिन्न राहत सामाग्री वितरण गरेका थिए।

भूकम्पका कारण क्षतविक्षत भएको बुदसिंङ्गलगायत गोरखा जिल्लाका विभिन्न क्षेत्रमा अस्थायी बासस्थान, खाद्यन्न, स्वास्थ्य सामाग्री आदी वितरण गरेको तथा गैरवासीय नेपाली संघले शुरुवात गरेको लाप्राक बस्ती ५ सय ७३ भवनसहितको स्थायीबासस्थान निर्माणका भूमिका निर्वाह गरेका छन्।

बारा–पर्सा लगायतका जिल्लामा हावाहुरीको घरविहिन भएकालाई मध्यपूर्व र मलेसियाको संयूक्त नेतृत्वमा ३०० घरधुरीलाई अस्थायी बसोबास, खाद्यन्न, स्वास्थ्य सामाग्री अत्यावश्यक वस्तुहरुको व्यवस्था गरको थिए।

बाढीपहिरोका कारण सिन्धुलीलगायत तराईका विभिन्न क्षेत्रमा भएको क्षतिलाई राहत दिनको लागि व्यक्तिगत र मध्यपूर्वका केहि मनकारीहरुको सहयोगमा १५० भन्दा धेरै घरधुरीलाई खाद्यन्न, लत्ताकपडा, स्वास्थ्य सामाग्री तथा अस्थायी बासस्थानको व्यवस्था गर्ने लगायत विविध मानविय कार्यमा निकै अग्रसरता देखाएका थिए।

नयाँ युग, युवाको युग, युवाले गर्नुपर्छ परिर्वतन भन्ने भावलाई आत्मसाथ गर्दै विगत एक दशक बढी समयदेखि मध्यपूर्वको विकसित मुलुक कतारमा रहेर सफल युवा व्यवसायीका रुपमा गुरुङले आफूलाई स्थापित गरेका छन्।

उनले कतारमा कन्स्ट्रक्सन कम्पनीदेखि क्रुजसम्म लगानी गरी व्यवसाय विस्तार गरी पाँच तारे होटेलमा दोहोरी रेस्टुरेन्ट सञ्चालन गरेका गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित अन्तर्राष्ट्रिय रियालिटी शोको कार्यक्रमको ग्राण्ड फिनाले समेत कतारमा सफलतापूर्वक सम्पन्न गरेका थिए।

गुरुङको चुनावी माहोलमा यतिबेला एनआरएनएका अध्यक्ष कुमार पन्त, निर्वतमान अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्ष शेष घले, जीवा लामिछानेसहित टोलीले साथ दिँदै थप हौसला प्रदान गरिसकेको छन्। उनले चुनावी प्रचारप्रसारलाई तीव्र पारिरहेका छन्।

उनी चितवनको भरतपुर महानगरवासी समेत हुन्।

प्रतिक्रिया