

कांग्रेस केन्द्रीय समितिमा कस–कसले र किन उठाए सामूहिक राजीनामाको विषय?

काठमाडौं– महाधिवेशन तोकिएको मितिबाट सर्ने भएपछि नेपाली कांग्रेसमा विविध प्रकारका सवाल उठ्न थालेका छन्। भदौका लागि तोकिएको १४ औं महाधिवेशनको मिति सर्ने निश्चित छ। शनिबार बस्ने केन्द्रीय समितिको बैठकले टुंगो लगाउने बताइएको छ।
शुक्रबारको बैठकमा भने विविध प्रकारका सवाल उठेका छन्। नेताहरुले महाधिवेशन सार्ने नेतृत्वप्रतिको आवेगलाई आफ्ना अपमानका विषयका रुपमा पनि उठाएका छन्।
कतिपयले कांग्रेसमा आए पनि त्यस्तो व्यवाहार नभएको गुनासो पोखेका थिए भने कतिपयले सामूहिक राजीनामा दिने चेतावनी पनि दिएका छन्। ‘हामीलाई कांग्रेस जस्तो व्यवाहार नभएकाले सामूहिक राजीनामा दिनुको विकल्प छैन’, रामजनम चौधरीले चेतावनी दिँदै भनेका थिए,‘कहिले हामीलाई फोरमबाट कांग्रेस बनाउने हो?’
राजीनामाको चेतावनी दिनेमा आमन्त्रित केन्द्रीय सदस्यहरुको पंक्ति ठूलो रहेको छ। केन्द्रीय सदस्यको हैसियतमा नै सम्मान नदिएका कारण राजीनामा गर्नुको विकल्प नहुने उनीहरुको ठम्याई शीर्ष नेता समक्ष थियो।
‘शनिबारको बैठकमा हामी जोडतोडले समान व्यवाहारको कुरा उठाउनेछौं’, योगेन्द्र चौधरीले भनेका छन्,‘नेताहरु यसमा गम्भिर नभए चेतावनी होइन, परिणाम नै पाउनुहुनेछ।’

