

भेरी र सानी भेरी नदीमा महिला/पुरुषको शव फेला

रुकुम पूर्व – सल्यानको भेरी नदीमा एक पुरुष र रुकुम पश्चिमको सानी भेरी नदीमा एक महिलाको शव भेटिएको फेला परेको छ। उनीहरुको शव शुक्रबार भेटिएको हो।
प्रहरीले उक्त शव साउन २४ गते पुथाउत्तरगंगा गाउँपालिका–१४ त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता दम्पतीको हुन सक्ने अनुमान गरेको छ।
पुथाउत्तरगंगा–१४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती अमृता बिक उत्तरगंगा नदीमा बेपत्ता भएका थिए।
शव पहिचानका लागि आफन्तलाई बोलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले बताए।

