

कांग्रेसबाटै बढ्न थाल्यो देउवालाई दबाव, मन्त्रिपरिषद विस्तार हुन नसक्नुको कारण माग

काठमाडौं – मन्त्रिपरिषदले पूर्णता नपाएको विषयमा प्रधानमन्त्री शेरबहाद्र देउवालाई पार्टी भित्रैबाट दवाव बढेको छ । प्रधानमन्त्री पद सम्हालेको एक महिना वित्दा पनि मन्त्रिपरिषदले पूर्णता नपाएपछि सत्तारुढ सांसदहरुले नै प्रश्न उठाउन थालेका छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद गगन थापाले मन्त्रिपरिषद विस्तार हुन नसक्नुको कारण माग गरे ।
‘मन्त्रिपरिषदलाई पूर्णता किन नदिएको रु भित्र घचमच के छ यो जनताले बुझ्दैन’ उनले भने । नयाँ सरकारले कामबाटै जनतालाई जवाफ दिनुपर्ने भन्दै उनले साझा न्यूनतम कार्यक्रम अनुसार अघि बढ्न सरकारलाई आग्रह गरे ।
सांसद थापाले प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सशस्त्र युद्धका घाइतेहरुलाई उपचार नपाए आफ्नो पार्टी कार्यालयमा आउन गरेको आग्रहप्रति आपत्ति जनाएका छन् । उनले ‘विचराहरु आफ्नै उपचार गर्न त सरकारको ढुकुटीमा गएर हात फैलाउनेले पार्टी कार्यालयमा गए कसरी उपचार गराउला ?’

