चाबहिलमा श्रीमानद्वारा घाँटी थिचेर गर्भवती श्रीमतीको हत्या


काठमाडौँ – काठमाडौँको चाबहिलमा श्रीमानले गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्।

मकवानपुरको हेटौँडा घर भई काठमाडौँको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षीया श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख केशव भट्टराईले जनाकारी दिए । रञ्जना ६ महिनाकी गर्भवती रहेको प्रहरीले जनाएको छ।

हत्यापछि श्रीमान् आफैँले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए। श्रीमतीसँग विवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको उनले बयान दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया