२० वर्षपछि हरेक घरमा एउटा पागल जन्मन्छः डब्ल्यूएचओ


काठमाडौं – २१ औँ शताब्दीलाई आधुनिक प्रविधिको जमाना भनिन्छ । विशेषगरी सजिलाे प्रविधिकाे रूपमा माेबाइल फाेन प्रचलनमा छ । सबैकाे हातमा माेबाइल फोन पुगेकै छ । त्यसमा अझ स्मार्ट फोनले बजार निकै तताएको छ । स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा सरल बनाईदिएको छ ।

धेरै लामो समयमा बन्ने काम पनि सेकेण्ड भरमै सम्पन्न गराईदिन्छ । आजभोलि माेबाइलको प्रयोग सूचना आदान प्रदान भन्दा अरु नै काममा बढी छ । स्मार्ट फोनले गर्दा यो सबै सहज बनाईदिएको हो ।

हामी माेबाइल भएपछि खाना खान समेत बिर्सिदिन्छौं । माेबाइल चलाउँदा समय गएको पत्तो नै पाईदैंन् । माेबाइल सबैभन्दा नजिकको साथी बन्दै गएको देखिन्छ ।

घरमा हुँदा आमा बाबु पनि मोवाईलमै व्यस्त, छोराछोरी पनि माेबाइल चलाउँनमै व्यस्त । जसले गर्दा एकअर्कासँग कुरा गर्ने पनि फुर्सद हुँदैन्। आफ्नो घरपरिवार, साथीभाई भन्दा बढी माेबाइल प्राथमिकतामा पर्न थालेको छ ।

यस्तो कार्य एकदमै खतरानाक रहेको विज्ञहरुको भनाई छ । जसरी माेबाइल फोन प्रतिको लगाब बढ्दै गएको छ, यसले अबको दुई दशकमा प्रत्येक घरमा एक जना पागल हुनेछ । भारतीय हीरा कारोबारी सवजी धोलकियाले अहिले माेबाइल फोन प्रयोगले अबको २० वर्षमा प्रत्येक घरमा एक जना पागल हुने दावी गरेका छन् ।

८ हजार करोड रुपैयाँ भन्दा बढीको हीरा कारोबार गर्ने धोलकियाले माेबाइल फोनको प्रयोग कम गर्न सबैमा आग्रह गरेका छन् । दिपावलीमा आफ्नो ६ सय कर्मचारी गाडी गिफ्ट दिएर चर्चामा आएका धोलकियाले हरेक घरमा एउटा पागल हुनबाट बचाउँन माेबाइल फोनको प्रयोग कम गर्नुपर्ने सुझाव दिए ।

विश्व स्वास्थ्य संगठनको चेतावनीः
विश्व संस्था संगठन (डब्ल्यूएचओ) समेत मोवाईल फोनको बढी प्रयोग नगर्न चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोमले माेबाइल फोनको प्रयोगले बच्चाहरुमा गम्भीर असर परिरहेको बताए ।

एउटा अनुसन्धानले पनि माेबाइल फोनको अत्यधिक प्रयोगले दीर्घकालिन असर परेको देखिन्छ । माेबाइल फोनबाट उत्पन्न हुने रेडियो विकिरणले मानिसहरुको आँखा, मुटु, कलेजो तथा फोक्सो र दिमानमा बढी असर गर्ने गर्दछ । त्यसैले डब्ल्यूएचओले माेबाइल फोनको अत्यधिक प्रयोगलाई घातक मानेको छ ।

प्रतिक्रिया