घुमाउरो पारामा सभामुख सापकोटाले भने– एमसीसी पारित गर्नुहुन्न


काठमाडौं– सभामुख अग्नी सापकोटाले घुमाउरो पारामा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न नहुने बताएका छन्।

कार्यकक्षमा पत्रकारसँगको बुधबारको कुराकानीमा जुगल गाउँपालिकाका एक जना स्थानीय तामाङले आफ्नो भाषामा त्यसरी प्रतिक्रिया दिएको सन्दर्भ निकाल्दै सभामुख सापकोटाले त्यसो भनेका हुन्।

उनले कम्तिमा एमसीसीका विषयमा राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका छन्। ‘यो जनताको घरघरको चर्चाको विषय छ, यसमा राष्ट्रिय सहमति त्यो पनि हुन नसके सदनका दलहरुबीच सहमति र त्यसो पनि नभए सत्ता गठबन्धनमा सहमति हुनुपर्छ’, सापकोटाले भने।

प्रतिक्रिया