

फास्टफुड कल्चरका ‘बादशाह’ कक्षपतिको निधन

काठमाडौं — नेपालमा फास्टफुड रेष्टुरेन्टका अवधारणाकर्ता श्याम कक्षपतिको निधन भएको छ ।
नेपाली खाना पारखीहरुलाई फास्टफुट खानाको सुविधा दिने उद्देश्यसहित ३८ वर्षअघि नाङ्लो रेष्टुरेन्ट खोलेका कक्षपतिको सोमबार साँझ निधन भएको जनाइएको छ ।
तीनधारा मोडबाट शुरु गरेर पुख्र्यौली पाल्पा, बुटवल र मनकामना केवलकार स्टेशनसम्म पुगेको बेकरी क्याफेको पछिल्लो आउटलेट चार महिनाअघि मात्र ललितपुरको ग्वार्कोमा खुलेको थियो ।
पोखरा, धरान हुँदै दार्जीलिङ, सिक्किमतिर पनि लम्किने उनको योजना छ । साथमा कुरिनटारस्थित त्रिशूली किनारमा रिभरसाइड स्प्रिङस् रिसोर्ट पनि चलिरहेको छ ।

