

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं — प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभाबाट उत्पति भएका विधेयक टेबल गर्ने सम्भावित कार्यसूची छ ।
आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएका नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ बारे राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्नेलगायतका कार्यसूची रहेको संसद सचिवालयका महासचिव भरतराज गाैतमले जनाए ।

