

मेलम्ची अपडेटः नदीलाई पुरानै धारमा फर्काउन खटाइयाे चार वटा डोजर

सिन्धुपाल्चाेक – बाढी पहिरोले क्षति पुर्याएको सिन्धुपाल्चोकको मेलम्चीमा नदीलाई पुरानै धारमा फर्काउने प्रयास भइरहेको छ । गएको असार १ गते र यही १६ गतेको बाढीले मेलम्चीमा मात्र एक सय ९७ घरमा क्षति पुगेको छ भने १२ सय ८२ रोपनी खेतीयोग्य जमिनमा नोक्सानी भएको छ ।
जोखिमयुक्त बस्ती जोगाउन प्राथमिकताका साथ तटबन्ध लगाउनेसहितका काम भइरहेको मेलम्ची नगरपालिकाले जनाएकाे छ । यसका लागि चार वटा डोजर खटाइएको छ ।
बाढीका कारण विस्थापित भएका केही टेन्टमा बसिरहेका छन् भने केही सामुदायिक विद्यालयको भवनमा बसेका छन् । बाढी पहिरोका कारण मेलम्चीसहित हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा ठूलो नोक्सानी भएको छ। अहिलेसम्म बाढीपहिरोमा परेर २० जना हराइरहेका छन् भने पाँच जनाको ज्यान गएको थियो ।
बाढी पहिरोबाट एक हजार जनाभन्दा धेरै विस्थापित भएका छन् । अझै पनि बाढी पहिरोको जोखिम रहेकाले प्रभावित क्षेत्रमा सतर्कता अपनाइएको छ ।

