

हङकङका नागरिक अस्थायी रुपमा अमेरिका बस्न सक्नेः बाइडेन

काठमाडाैं – अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका पुग्ने हङकङका नागरिकहरु अस्थायी रुपमा अमेरिका बस्न सक्ने बताएका छन् ।
चीनले हङकङको स्वतन्त्रता हनन् गरिरहेको भन्दै राष्ट्रपति बाइडेनले अमेरिका पुग्ने हङकङका नागरिकलाई १८ महिनासम्म त्यहाँ बस्ने अनुमति दिने बताएका हुन् । यो प्रस्तावबाट यसअघि नै अमेरिका पुगेका हजारौं हङकङका नागरिकलाई फाइदा हुनेछ ।
गएको वर्ष चीनले हङकङमा कडा सुरक्षा कानुन लागू गरेपछि अमेरिकाले हङकङका नागरिकलाई आफ्नो देशमा ढोका खुला गरेको थियो । चीनले भने अमेरिकाको पछिल्लो निर्णयको आलोचना गरेको छ ।

