

पूर्वमाओवादी नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं – माओवादी केन्द्रबाट निष्कासनमा परेका एमाले नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
स्पष्टीकरणको मौका दिई सांसद पदबाट हटाएको देखिएको भन्दै सर्वोच्चले अन्तिम सुनुवाइका बेला बाँकी विवाद निरुपण हुने भनी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
गत बुधबार चारै नेताले आफूलाई सांसद पद र माओवादी केन्द्रको सदस्यका रूपमा पूर्ववत् नै कायम राख्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

