

खोप लगाएको प्रमाण पत्र नि:शुल्क गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्र नि:शुल्क गर्नरगराउन निर्देशन दिएको छ ।
वैदेशिक रोजगारी एवं अन्य कामको सिलसिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नेले खोप लगाएको प्रमाण पत्र पेस गर्नुपर्ने हुन्छ ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले आइतबार जारी गरेको सूचनामा खोप लगाएको प्रमाणीकरण नि:शुल्क गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।
खोप लगाएको प्रमाणीकरण नि:शुल्क गर्ने साउन ७ गतेको सचिवस्तरको निर्णयअनुसार निर्देश भइसकेकोमा केही अस्पतालले शुल्क लिएको जनगुनासो आएको भन्दै मन्त्रालयले पुन: उक्त निर्देशन कार्यान्वयनका लागि अनुरोध गरेको छ ।

