

माओवादी केन्द्रीय कमिटी बैठक १० दिनका लागि स्थगित, सरकारमा जाने मन्त्रीको टुंगो भोलि लाग्ने

काठमाडौं – नेकपा माओवादी केन्द्रले साउन २० गते तय भएको बैठक १० दिनका लागि स्थगित गरेको छ ।
माओवादीको स्थायी कमिटीको आइतबार बसेको बैठकले वर्तमान राजनीतिक गतिविधि र तयारी पूरा नभएकाले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको हो । बैठकले साउन ३० गतेभित्र वडा कमिटीहरु गठन गर्न निर्देशन दिएको छ साथै सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको छ ।
त्यस्तै आईतबारको बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा पनि छलफल भएको बताइएको छ ।
यसैगरी माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम सोमबार मात्रै टुंगो लगाउने भएको छ । आज बसेको स्थायी कमिटी बैठकमा प्रारम्भिक छलफल भए पनि अन्तिम टुंगो भने भोलिमात्रै लाग्ने जनाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेस र माओवादीका दुईरदुई सांसद यसअघि मन्त्री बनिसकेका छन् । गठबन्धनबाट सरकारमा सहभागी हुने थप मन्त्रीको टुंगो लगाउन भने बाँकी नै छ। जसले गर्दा देउवा सरकारको मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन।

