कर्णाली डुंगा दुर्घटना अपडेट: १ को मृत्यु, ३ जनाकाे अवस्था अझै अज्ञात


कैलाली – कर्णाली नदीमा डुंगा दुर्घटनामा एक जनाको मृत्यु भएको छ, तीन जना जनाको अवस्था अझै अज्ञात रहेको छा ।

कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव घटनास्थलदेखि तीन सय मिटर तल फेला परेको इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीले जनाएको छ ।

कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवतीसहित तीनजना बेपत्ता भएका छन् । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

१० जना सवार रहेको डुंगा पल्टिँदा कर्णालीमा खसेका पाँच जनाको सकुशल उद्दा गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले जानकारी दिए । दुर्घटनामा एक जना घाइते भएकाा छन् ।

बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ ।

प्रतिक्रिया