प्रचण्ड-नेपालबीच कोटेश्वरमा भेटवार्ता, नेपाल पक्षलाई सरकारमा सहभागी गराउने प्रयास


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेका बेला एमाले वरिष्ठ नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वर पुगेका हुन् । भेटवार्तामा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवाले पनि एमालेको माधव पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । तर नेता नेपालले पार्टी एकताको प्रयास भइरहेकाले सरकारमा सहभागी नहुने पक्षमा छन् ।

 

 

प्रतिक्रिया