

कोरोनाको तेस्रो लहर आउन नदिन सरकार आवश्यक तयारीमा : निधि

काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले कोरोनाको तेस्रो लहर आउन नदिन सरकार आवश्यक तयारीमा लागिपरेको बताएका छन् ।
निबार काठमाडौंको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर’को उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उपसभापति निधिले सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दाबी गर्दै
जहाँबाट ल्याएर भए पनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिबद्ध भएर लागिपरेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कोरोना विरुद्धको खोपलाई बढी प्राथमिकता दिएको पनि बताए ।
उपसभापति निधिले कोरोनाबाट मुक्ति पाउने उपायको खोजी गर्न आयुर्वेद चिकित्सकसँग आग्रह पनि गरे। उनले जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकतामा रहेकाले यसमा आयुर्वेद चिकित्सकहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

