बाटो विराएका अरु पार्टीमा फर्कन सक्छन् तर माधव नेपाललाई अब कुनै ठाउँ छैन : ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै सरकार ढाल्ने माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिने माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका हुन् ।

अध्यक्ष ओलीले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने तर नेता नेपाललाई पार्टीमा ठाउँ नभएको तर्क गरे । ‘माधव नेपाल जस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने’ उनले भने, ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।

अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ । अध्यक्ष ओलीले आजसम्ममा नेकपा एकताको प्रयासलाई वारपार गर्न नेताहरुलाई निर्देशन दिइसकेका छन् ।

यसैगरी शनिबार नै एमाले स्थायी कमिटी वैठक पनि बस्दैछ । स्थायी कमिटी वैठकअघि ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका दोस्रो तहका नेता छलफलमा जुटेका छन् ।

प्रतिक्रिया