

एमसिसीसँगै भएका अन्य सहायक सम्झौता सार्वजनिक गर्न सांसद रावलको माग

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहायता परियोजना ९एमसिसी० सँगै भएका अन्य सहायक सम्झौता पनि सार्वजनिक गर्न माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले एमसीसी संशोधन नगरी अनुमोदन गरिए राष्ट्रघात हुने बताउँदै एमसीसीसँगै भएका अन्य सहायक सम्झौता पनि सार्वजनिक गर्न माग गरेका हुन् ।
रावलले भने, ‘एमसीसीसँगै भएका अन्य सम्झौता पनि सार्वजनिक होस्,’ ‘त्यो जनताले थाहा पाउनुपर्छ । एमसीसीमा रहेको देशहितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए त्यो राष्ट्रघात हुनेछ ।’

