

माधव नेपाल भेट्न विष्णु पौडेल कोटेश्वरमा

काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विष्णु पौडेल वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्। पौडेल शुक्रबार १ बजे कोटेश्वरस्थित नेपालनिवास पुगेका हुन्।
पार्टी एकताको विषयमा कार्यदलले गरेको १० बुँदे सहमतिअनुसार एमालेलाई एक बनाएर लैजाने विषयमा छलफल गर्नका लागि पौडेल नेपालनिवास पुगेका हुन्।
यसअघि, हिजो बिहीबार नेपाललाई भेट्न संसदीय दलका उपनेता सुवास नेम्वाङ नेपालनिवास पुगेका थिए।

