

क्रियाशील सदस्यताको विवाद ४ प्रतिशत मात्रै, सच्याएको प्रतिवेदन कांग्रेस पदाधिकारीलाई बुझाइयो

काठमाडौं– नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विवाद अब ४ प्रतिशत मात्र बाँकी रहेको छानबिन समितिका प्रवक्ता प्रदिप पौडेलले बताएका छन्। विहीबार सच्याइएको प्रतिवेदन पदाधिकारी बैठकमा बुझाइएको उनले बताए।
सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा भएको बैठकमा प्रतिवेदन बुझाइएको थियो। विवाद रहेका चार जिल्लाको समस्या समाधानका निम्ति पदाधिकारीलाई नै जिम्मा लगाइएको छ।
समितिले काम सकेका कारण अब समयमा नै महाधिवेशन गर्नका लागि प्रस्ताव गरिएको छ। क्रियाशील सदस्य विवादकै कारण महाधिवेशन सार्न नहुने उनको जोड छ।

