


लुम्बिनी प्रदेश प्रमुखमा शेरचन, गण्डकीमा पृथ्वीमान बनाउने मन्त्रिपरिषदको निर्णय
माओवादी केन्द्रको सिफारिस असंवैधानिक भएपछि प्रधानमन्त्रीले फेरिदिए प्रदेश, प्रदेश २ का अहिराज अपदस्त

काठमाडौं– मन्त्रिपरिषदले तीन प्रदेश प्रमुख पदच्युतको निर्णय गर्दै दुईवटामा नियुक्तिका लागि सिफारिस गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गण्डकी प्रदेशकी प्रमुख सीता पौडेललाई पदच्युत गरी पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि सिफारिस गरेको छ। यस्तै लुम्बिनीका धर्मनाथ यादवलाई हटाएर माओवादीका अमिक शेरचन सिफारिस भएका छन्। शेरचन यसअघि गण्डकी प्रदेशका प्रमुख भइसकेका छन्।
प्रदेश २ का राजेश झा अहिराजलाई पदच्युत गर्ने निर्णय सरकारले गरेको छ। उक्त प्रदेशमा उपेन्द्र यादवको जसपाको सिफारिसमा नियुक्तिका लागि सिफारिस गरिनेछ।
यसअघ माओवादी केन्द्रले गण्डकीमा शेरचनको नाम पठाएको थियो। उक्त नियुक्ति असंवैधानिक हुने प्रधानमन्त्रीले ठहर गरिदिए। संविधानको धारा १६३ को उपधारा ४ मा एउटै व्यक्ति एक पटक भन्दा बढी एउटा प्रदेशमा प्रमुख नियुक्त गर्न नपाउने व्यवस्था छ।

