प्रदेशको नामाकरणका लागि मुख्यमन्त्री राईले थाले छलफल


विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरणको लागि छलफल थालेका छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थालेका हुन् । चालु अधिवेशनबाटै प्रदेशको नाम मुख्यमन्त्रीले छलफल शुरू गरेको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलका नेताहरूसँग छलफल गर्दै राईले सहमतिमै नामाकरण गरिने आश्वस्त पारेका छन् ।

दलका नेताहरूले आ-आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि नामाकरण प्रस्ताव गर्ने बताएका छन् । सात प्रदेश मध्ये मा अब दुई वटा प्रदेश न. १ र प्रदेश न. २ को नामामरण हुन बाँकि रहेको छ ।

प्रतिक्रिया