प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

यद्यपि अझैपनि गठबन्धनमा छलफल जारी रहेकाले मन्त्रिपरिषद् विस्तार गर्न केही समय लाग्ने उनको भनाइ छ ।

असार २९ गते काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै काँग्रेस र माओवादीबाट २-२ जनालाई मन्त्री बनाएर मन्त्रीपरिषद बनाएका थिए । यसैगरी दुई दिन अघि प्रधानमन्त्री देउवाले एक जना स्वास्थ्य राज्यमन्त्री थपेका थिए ।

 

प्रतिक्रिया