
स्वास्थ्य परिक्षणका लागि राष्ट्रपति टिचिङ अस्पतालमा
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन्।
राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार बिहान अस्पताल गएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
‘कुनै समस्या भएर होइन नियमित परीक्षणका लागि जानुभएको हो,’ उनले भने। स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा भण्डारीले नियमित रुपमा सरकारी अस्पतालमा नै स्वास्थ्य परिक्षण गराउँदै आएकी छिन् ।



कागजपत्र |
