

नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आइतबारबाट सुरु भएको बैठक आज सोमबार पनि बस्ने भएको हो ।
बैठक पार्टी एकताका विषयमा केन्द्रित रहेनछ । हिजोको बैठकमा स्थायी कमिटी सदस्यहरूले पार्टी एकता गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।
बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल भएको थियो । कार्यादलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए ।
आइतबार सांसदहरूले एमाले एकताका लागि दबाब दिन भन्दै कार्यदलका सदस्यहरूसँग छलफल पनि गरेका थिए ।

