

निर्मला हत्याको ३ वर्ष पूरा : हत्यारा पत्ता लगाउन नसकेको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै राजधानीको माइतीघरमा प्रदर्शन भएको छ।
२०७५ साउन १० गते भएको घटनाको आइतबार ३ वर्ष पुगेको छ। तर, घटनाको तीन वर्ष पूरा हुँदासमेत सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन।
निर्मलाको हत्या भएको ३ वर्ष भइसक्दा पनि छानबिन नभएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो।
पोष्टमार्टम रिपोर्टबाट निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको थियो।

