

एसइईको नतिजा साउनभित्रै सार्वजनिक हुने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आन्तरिक मूल्यांकनको नतिजा साउन मसान्तभित्रमा प्रकाशित गर्ने तयारी थालेको छ।
साउन मसान्तभित्रमा २०७७ को एसइई नतिजा प्रकाशित गर्ने गरी अहिले तीव्ररूपमा तयारी थालेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले जानकारी दिए।
परीक्षा नियन्त्रक अधिकारीका अनुसार अहिले आन्तरिक मूल्यांकनको नम्बर इन्ट्री गर्ने काम भइरहेको छ। परीक्षा बोर्डका अनुसार ०७७ को एसइईमा ५ लाख १७ हजार परीक्षार्थीको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ। गत जेठ १३ देखि भौतिक रूपमा एसइई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। तर, दोस्रो लहरको कोभिड-१९ संक्रमण बढ्दै गएपछि गत वैशाख २७ गते एसईई परीक्षा स्थगित भयो।
कोरोना जोखिम कम नभएपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। कोभिडकै कारणले २०७६ को एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो।

