विप्लव र पूर्व गृहमन्त्री बादलबीच भेट


काठमाडौं – नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व गृहमन्त्री राम बहादुर थापा बादलसँग भेट गरेका छन् ।

विप्लव र नेता खड्गबहादुर विश्वकर्मा बादललाई भेट्न शनिवार उनको निवासमा पुगेका थिए । पछिल्ला केही दिन यता विप्लवले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट तीव्र पारेका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, कमल थापा, मोहन वैद्य, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरूसँग भेटघाट गरिरहेका छन् ।

प्रतिक्रिया