
नेकपाको विवाद मत्थर नहुने, खुला रूपमा हुन थाले पार्टी विभाजनका अभ्यास
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वान टु वान वार्तापछि महासचिव विष्णु पौडेलले शुक्रबार संवाददाताहरूसँग भने– अवस्था गम्भीर र जोखिममा छ।
पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटपछि निस्किएका संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी जोगाउनका लागि अध्यक्ष प्रचण्ड सकारात्मक भएको त बताए तर उनको भनाई थियो– सचिवालयमा परेको प्रस्ताव फिर्ता लिनुपर्छ।
भर्खरै सम्पन्न भएको सचिवालयमा महासचिव पौडेलले प्रस्ताव राखेका थिए– सचिवालय खारेज गरी नयाँ पुस्तालाई पनि समावेश गराउने नयाँ कमिटी प्रणालीको सुरुआत गरौं।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीचको टकरावले उत्पन्न गरेको नेकपा विभाजनको यात्राका क्रममा बरिष्ठ नेता माधवकुमार नेपालले मध्यस्तता गर्नुको साटो प्रतिक्रिया दिएका छन्– विवादको खेल ओलीले सुरु गरेका हुन्, प्रस्ताव फिर्ता हुँदैन। ३८ बुँदे प्रस्ताव ओलीले ल्याए हामी ७६ बुँदे पेस गर्छौं।
उपाध्यक्ष बामदेव गौतमले विज्ञप्ति नै जारी गरेर स्पष्ट पारेका छन्– प्रस्ताव सामूहिक हो, कुनै हालतमा फिर्ता हुँदैन।
यी सबै वक्तव्यबाजी र अभ्यासले स्पष्ट चित्र देखाएको छ नेकपा विभाजनको लयमा हिँडिसकेको छ। यसलाई रोक्ने जिम्मेवारी ओली र प्रचण्डको सहमतिमा मात्रै कायम छ। ओलीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न मिडियामा प्रचण्डविरुद्ध अनेक प्रकारका टिप्पणी गरेका छन्। सचिवालय सदस्य ईश्वर पोखरेलले पनि ओली ब्याक नहुने बरु प्रचण्डले एक–एक शव्दमा जवाफ पाउने अन्तरवार्तामार्फत जनाएका छन्।
पोखरेल स्कुल विभाग प्रमुख पनि हुन्। नेकपाको केन्द्रीय समितिले निर्देशक सिद्धान्तका रुपमा जनताको जनवादलाई पारित गरेको थियो। तर पोखरेल स्कुललिङ जनताको बहुदलीय जनवादका आधारमा नै अगाडि बढेको छ।
विवाद उत्कर्समा पुग्ने कारण बनेको कर्णाली प्रदेशको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको अभ्यास तथा मन्त्रीमण्डलमा हेरफेरको प्रयत्न केही समयका लागि टरे पनि त्यहिँबाट अर्को विवादको प्रकाण्ड सुरु भएको छ, शनिबारदेखि।
नेकपाभित्र पार्टी विभाजनपछिका समिकरणका अनेक खेल समेत हुन थालिसकेका छन्। प्रचण्डले भनेजस्तै यो एमाले–एमाले अनि माओवादी–माओवादी मात्र भएर विभाजन हुन लागेको छैन। यसको ज्वलन्त उदाहरण जनार्दन शर्माको पछिल्लो धारणा हो। उनले पनि महासचिव पौडेल जस्तै सचिवालय खारेजीको प्रस्तावमा सहमति जनाउँदै नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने धारणा अघि सारेका छन्
यहि बेला कर्णाली प्रदेशमा जनताको बहुदलीय जनवाद (जबज)का पक्षमा बृहत भेलाको आयोजना गरिएको छ। जहाँ पार्टी विभाजनको विन्दुमा पुगे पूर्वएमाले एक हुनुपर्ने विषयको मन्थन पनि व्यापक रूपमा गरिने उच्च स्रोतले जनाएको छ।
‘अब विभाजनकै हिसाबमा जाने पक्कापक्की भइसकेको जस्तो देखियो, फुटको औपचारिक घोषणा हुन मात्र बाँकी छ’, नेकपाका एक जना स्थायी समिति सदस्य भन्छन्,‘यी तमाम प्रतिक्रिया र विभिन्न अभ्यासले देखाउने यहि हो। नेपाली कम्युनिस्ट आन्दोलन विनाशको यात्रामा हिँड्यो।’
नेकपाभित्र पार्टी विभाजनपछिका समिकरणका अनेक खेल समेत हुन थालिसकेका छन्। प्रचण्डले भनेजस्तै यो एमाले–एमाले अनि माओवादी–माओवादी मात्र भएर विभाजन हुन लागेको छैन। यसको ज्वलन्त उदाहरण जनार्दन शर्माको पछिल्लो धारणा हो। उनले पनि महासचिव पौडेल जस्तै सचिवालय खारेजीको प्रस्तावमा सहमति जनाउँदै नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने धारणा अघि सारेका छन्।
प्रधानमन्त्री ओलीका पक्षमा पूर्वमाओवादीका तर्फबाट स्थायी समिति सदस्य लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको कमान्डरको हैसियतमा भित्रि रुपमा काम थालेको उच्च स्रोतले दाबी गरेको छ।
‘अब प्रदेश हुँदै जिल्ला तहमा पनि विभाजनको राम्रो सन्देश र समीकरणका विषयमा चर्चा हुन थालेका छन्’, स्रोतले भन्यो,‘विदेशी बालुवाटार र खुमलटारमा अनेक हिसाबले प्रवेश गरी नेकपा विभाजन गर्ने उद्देश्यमा सफल हुने भए।’



कागजपत्र |
