

६ वटा मन्त्रालयको सहमतिमा नेपालपक्ष सरकारमा जाने

काठमाडौं – नेकपा एमालेको माधव नेपालपक्षले सरकारमा जाने तयारी अघि बढाएका छन् । ६ वटा मन्त्रालय दिने सहमति नेपालपक्ष एक- दुई दिनमै सरकारमा जाने तयारी बनाएको नेपाल निकट एक नेताले बताए ।
उनकाअनुसार ६ वटा मन्त्रालयमा नेपालपक्षलाई कुन–कुन मन्त्रालय दिने भन्ने बारेमा टुंगो लागेको छैन। उनकाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसद अहिले छलफलमा जुट्दै छन्।
बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल गरिने ती नेताले जानकारी दिए। गएको आइतबार प्रतिनिधिसभामा भएको मतदानमा एमालेका २२ सांसद्ले देउवाको पक्षमा मतदान गरेका थिए । यता एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्पष्टीकरण माग गरेका छन् ।
तर, सांसदहरुले भने उक्त स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । एमाले अध्यक्ष ओलीले पनि २४ घण्टाको समय बितिसक्दा समेत स्पष्टीकरणको विषयमा कुनै कदम चालेका छैनन् ।

