मन्त्रिपरिषद् बैठक : साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं – सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्मावलम्बीको चाड बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका हुन्।

यस्तै सरकारले सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई आगामी असोज मसान्तसम्म विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय समेत गरेको कार्कीले जानकारी दिए।

 

प्रतिक्रिया